नाकाबन्दी हुँदा पनि कतारको आर्थिक वृद्धिमा तीव्र
दोहा : कतारको आर्थिक वृद्धिदर तीव्र गतिले भइरहेको कतारको केन्द्रीय बैंकका गभर्नरले बताएका छन् । गभर्नर सेख अब्दुल्लाह विन साउड अल थानीले खाडी सहयोग परिषद् (जिसीसी) मा पर्ने देशहरूमध्ये पनि कतारमा सबैभन्दा धेरै आर्थिक वृद्धि भइरहेको जानकारी दिएका छन् ।उनलाई उद्धृत गर्दै कतार समाचार संस्थाले कतारका छिमेकी देशहरूले नाकाबन्दी गरिरहेका बेलामा पनि तीव्र आर्थिक वृद्धि भइरहेको समाचार सम्प्रेषण गरेको छ ।
समाचारमा जनाइएअनुसार कतारले नाकाबन्दीपछि पनि आर्थिक अवस्था खस्कन नदिन सतर्कता अपनाएकाले वृद्धिदर तीव्र भएको हो । कतारले सन् २०१७ मा २.५ प्रतिशत कुल गार्हस्थ उत्पादन हुने प्रक्षेपण गरेको केन्द्रीय बैंकले जनाएको छ । गभर्नर अल थानीले आगामी वर्ष आर्थिक वृद्धिदर अझ बढ्ने बताए । अन्तर्राष्ट्रिय मुद्राकोषले हालै सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१८ मा कतारको आर्थिक वृद्धिदर २.५ बाट बढेर ३.१ पुग्ने अपेक्षा गरेको अल थानीले जानकारी दिए ।
साउदी अरेबिया, बहराइन, इजिप्ट र युनाइटेड अरब इमिरेट्स् (युएई)ले गत जुन ५ देखि कतारमाथि कूटनीतिक समस्या सृजना गर्दै नाकाबन्दी गरेका छन् । कतारले आतंकवादी र अतिवादीहरूलाई सहयोग गरेको, उनीहरूको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र इरानसँगको कूटनीतिक सम्बन्ध बलियो बनाउँदै लगेको लगायतका आरोप नाकाबन्दी गर्ने देशहरूले लगाएका छन् ।
उनीहरूको आरोपलाई कतारले भने पूरै अस्वीकार गरेको छ । नाकाबन्दी लगाएका देशहरूले कतारसँगको कूटनीतिक समस्या समाधान गर्दै नाकाबन्दी तोड्न १३ बुँदे माग राखेका थिए । ती मागमध्ये इरानसँगको सम्बन्ध तोड्नुपर्ने र कतारमा रहेका टर्कीका सेनाहरू फिर्ता पठाउनुपर्ने लगायतका मागहरू मुख्य रहेका छन् । यद्यपि सहमति नभएपछि नाकाबन्दी अझै पनि कायमै रहेको छ । —रासस÷सिन्ह्वा
समाचार स्रोत: अन्नपुर्ण पोस्ट
नाकाबन्दी हुँदा पनि कतारको आर्थिक वृद्धिमा तीव्र
Reviewed by DailyNEWS Updates
on
12:43 AM
Rating:
Reviewed by DailyNEWS Updates
on
12:43 AM
Rating:

No comments: