बंगलादेशका २४ वटा मेडिकल कलेज कालोसूचीमा, २०० नेपाली विद्यार्थी प्रत्यक्ष मारमा

काठमाडौ । मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशका २४ वटा मेडिकल कलेज कालोसूचीमा परेका छन् । यसको प्रत्यक्ष मार दुई सय नेपाली विद्यार्थीमा पनि परेको छ ।
कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी अध्ययनरत छन् । विद्यार्थी भर्ना गरेर मापदण्डअनुसार काम नगरेकाले बंगलादेशको डाइरेक्टोरेट जनरल अफ हेल्थ सर्भिस डिजिएचए र बंगलादेश मेडिकल एण्ड डेन्टल काउन्सिल बिएम एन्ड डिसीले २१ वटा कलेजलाई विद्यार्थी भर्नामा रोक लगाएको छ ।
यस्तै नेपाल मेडिकल कलेजले थप तीनवटा कलेजमा विद्यार्थी भर्ना लिन रोक लगाएको छ । बंगलादेशमा मेडिकल अध्ययनका लागि प्रत्येक वर्ष चार सयको हारहारीमा नेपाली विद्यार्थी जाने गरेका छन् ।
अहिले बंगलादेशका २१ वटा कलेजमा अध्ययन गर्ने झन्डै दुई सय नेपाली विद्यार्थी समस्यामा परेको नेपाल शैक्षिक परामर्श संघ इक्यानले जनाएको छ ।
समाचार स्रोत: न्युज २४ (News 24)
बंगलादेशका २४ वटा मेडिकल कलेज कालोसूचीमा, २०० नेपाली विद्यार्थी प्रत्यक्ष मारमा बंगलादेशका २४ वटा मेडिकल कलेज कालोसूचीमा, २०० नेपाली विद्यार्थी प्रत्यक्ष मारमा Reviewed by DailyNEWS Updates on 10:21 AM Rating: 5

No comments:

Powered by Blogger.