एमाले कार्यकर्ताले काँग्रेसका नगरपालिका संयोजकलाई धारिलो हतियार प्रहार गरी सुतिरहेकै बेलामा कुटपिट
धादिङ । धादिङको धुवाँकोट नगरपालिका संयोजक सन्तोष बस्ताकोटी घरमा सुतिरहेकै बेलामा कुटपिट भएका छन्।
नीलकण्ठ नगरपालिका वडा नं. १४ अन्तर्गत नेपाली काँग्रेसको निर्वाचन परिचालन समितिका संयोजक रहेका बस्ताकोटीलाई एमाले कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी घाइते बनाएको नेपाली कांग्रेस धादिङले बताए ।
वडाका निर्वाचित वडाध्यक्ष रोशन तामाङ सहितको ९ जनाको समूहले शुक्रवार विहान धारिलो हतियार प्रयोग गरि बस्ताकोटीलाई आक्रमण गरेको उनका परिवारका आरोप छन्।
बस्ताकोटीको टाउकोको दाँयाबायाँ र दुवै खुट्टामा गहिरो चोट लागेका छन् ।
समाचार स्रोत: न्युज २४ (News 24)
एमाले कार्यकर्ताले काँग्रेसका नगरपालिका संयोजकलाई धारिलो हतियार प्रहार गरी सुतिरहेकै बेलामा कुटपिट
Reviewed by DailyNEWS Updates
on
3:52 AM
Rating:
Reviewed by DailyNEWS Updates
on
3:52 AM
Rating:

No comments: