प्याजको मूल्यले आकाश छोयो, आखिर किन बढ्यो यसरी प्याजको मूल्य ?
काठमाण्डौ । भारत सरकारको निर्यातसम्बन्धी नयाँ नीतिका कारण नेपाली बजारमा प्याजको मूल्य आकासिएको छ । प्याजको निर्यातदर घटाउन भारतले न्यूनतम निर्यात मूल्य (एमईपी) प्रणाली कार्यान्वयनमा ल्याएपछि त्यसको असर नेपाली बजारमा परेको हो । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
भारतमा उत्पादन भएको प्याज केही महिनाअघिको बाढीका कारण खेतमै नष्ट भएको र प्याज भण्डारण गृहमा पानीले भिजेर नष्ट भएको थियो । मागअनुसार प्याज नहुँदा भारतमै प्याजको ठूलो अभाव भएपछि सरकारले निर्यातमा अंकुश लगाउन न्यूनतम निर्यात मूल्य ताकेको हो । भारतको विदेश व्यापार महानिर्देशनालयले प्रतिटन प्याज निर्यात गर्दा ४६ हजार चार सय ९२ नेपाली रुपैयाँ (८५० डलर) एमईपी प्रणाली लागू

गरेको छ।
गत साता लागू भएको यो प्रणाली आगामी पुस १६ गते (३१ डिसेम्बर) सम्म कार्यान्वयन हुनेछ । भारतमा उत्पादन भइरहेको नयाँ प्याज पुस १६ पछि बजारमा आउन सुरु हुनेछ । भारतमै स्थानीय प्याज अपुग भएको अवस्थामा त्यहाँका थोक व्यापारीले नेपालसहित बंगलादेश र पाकिस्तानमा गर्दै आएको निर्यात घटाउन एमईपी प्रणाली कार्यान्वयनमा ल्याएको हो ।
भारतमा पछिल्लो समयमा प्रतिकिलो प्याजको मूल्य थोकमा ४० (६४ रुपैयाँ नेपाली) बाट बढेर ५५ भारतीय रुपैयाँ (८८ रुपैयाँ नेपाली) पुगेको छ भने खुद्रामा ७५ भारतीय रुपैयाँ (एक सय २० नेपाली रुपैयाँ) पुगको छ । भारतमा प्याजको मूल्यले आकाश छुन थालेपछि भारतीय जनताले ट्विटर र फेसवुकमा स्थानीय सरकारको विरोध गर्न सुरु गरेका छन् । भारतीय अखबारका अनुसार पछिल्लो पाँच महिनाको अवधिमा प्याजको मूल्य अत्यधिक परिमाणमा बढेको छ ।
काठमाडौंमा १ सय ३०
कालिमाटी तरकारी बजारका प्याजको थोक आयातकर्ता व्यवसायी अर्जुन सिलवालका अनुसार भारतको यो नीतिका कारण नेपालमा प्याजको मूल्य ह्वात्तै बढेको छ । ‘पछिल्लो दुई महिना यता तरकारीको उच्च मूल्यका कारण नेपाली उपभोक्ताले व्यहोरेको महँगिको भार केही कम हुनै लाग्दा अहिले प्याजको चर्को मूल्यले रुवाउन थालेको छ’, सिलवालले भने । कात्तिक अन्तिम सातातिर प्रतिकिलो ६४ रुपैयाँ खुद्रा मूल्य रहेको प्याजको थोक मूल्य कालिमाटी बजारमा सोमबार ९५ रुपैयाँमा पुगेको छ ।

भारतीय एमईपी र आपूर्ति घटेका कारण प्रतिकिलो प्याजमा ३१ रुपैयाँ थपिएको छ । खुद्रा व्यापारीले त्यही थोक मूल्यमा थप ३५ रुपैयाँ थपेर उपभोक्तालाई प्रतिकिलो एक सय ३० रुपैयाँमा बिक्री गर्दै आएका छन् । नेपालमा खपत हुनेमध्ये ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ ।
समाचार स्रोत: न्युज २४ (News 24)
प्याजको मूल्यले आकाश छोयो, आखिर किन बढ्यो यसरी प्याजको मूल्य ?
Reviewed by DailyNEWS Updates
on
9:34 PM
Rating:
Reviewed by DailyNEWS Updates
on
9:34 PM
Rating:

No comments: