मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

११ मंसिर, धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटारमा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 


बा ७९ प ७२७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्रिपुरासुन्दरी गाउँपालिका २ सल्यानटारका २६ वर्षीय भुवन पाण्डे र ३० वर्षीय जितेन्द्र अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
मोटरसाइकल सडकभन्दा करिब १० मिटर तल खसेको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।
समाचार स्रोत: अनलाइन खबर 
मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु Reviewed by DailyNEWS Updates on 4:12 AM Rating: 5

No comments:

Powered by Blogger.