युएईमा नेपाली चेली अष्टमी गुरुङको बलात्कारपछि आत्महत्या गरेको भिडियो सार्वजनिक भएपछि छानबिन शुरू

युएई – बलात्कारपछि आफ्नै कोठामा झु्ण्डिएर आत्महत्या गरेकी एक नेपाली चेलीको आत्महत्याको भिडियो सार्वजनिक भएपछि त्यसले ठूलो तरङ्ग ल्याएको छ ।
गोरखा आरुघाट–२, मान्बु कटुन्जेकी अष्टमी गुरूङको सीधा कुरा जनतासँगको कार्यक्रममार्फत गत अघिल्लो शनिवार भिडियो प्रसार भएपछि उक्त घटना सार्वजनिक भएको हो ।   
युएईको आबुधावीस्थित अरबियन गल्फ क्लिनिङ कम्पनीमा कार्यरत गुरूङ्लाई कम्पनीकै सुपरभाईजरले बलात्कार गरेपछि उनले आत्महत्या गरेको भिडियो मोबाइलमा रेकर्ड गराएकी थिइन् । आफ्नै स्थानिय गुरूङ भाषामा रेकर्ड गराएको भिडियोमा उनले आफ्ना परिवारसँग माफी माग्दै सुपरभाइजरले आफ्नो इज्जत लुटेको बताएर ‘म गएँ’ भन्दै अन्तिम बचन रेकर्ड गरेकी थिइन् ।
यस बिषयमा राजदूतावास आबुधावीमा सम्पर्क गर्दा गुरुङले झुण्डिएर आत्महत्या गरेको रिपोर्ट उपलब्ध भएको जानकारी दिएको छ । साथै, उक्त भिडियो सार्बजनिक भए लगतै घटनाको छानबिन अगाडी बढाएको राजदुतावास आबुधावीले जनाएको छ । दुतावासको द्वितिय सचिब बिष्णु कुमारी अधिकारीको नेतृत्वमा स्थानिय प्रशासनमा छानबिनको लागि मुद्दासमेत दर्ता गराएको छ । 

मृतक गुरुङले रेकर्ड गराएकी भिडियोमा उनी माथी यौन शोषण (बलात्कार) गर्नै सुपरभाइजरको नाम उल्लेख नगरेकोले प्रकृया बढाउन निकै गाह्रो परेको द्वितिय सचिव अधिकारीले बताइन् ।
यद्यपि मृतक अस्टमी गुरूङसँगै काम गर्नै सुपरभाईजर सिमोन काजी भन्ने बंगलादेशी नागरिकको पहिचान गरी युएईबाट बाहिर जान नसक्ने गरी प्रतिबन्ध गराउन युएईमा भएका सबै अध्यागमनलाई अनुरोध गरिसकेको राजदूतावास आबुधावीले जनाएको छ ।  
स्रोतका अनुसार उक्त कम्पनीका सुपरभाइजर बंगलादेशी नागरिक सिमोन काजीलाई कम्पनीले घर जान आवश्यक कागजपत्र पासपोर्ट दिइसकेको तर अध्यागमनमा युएई बाहिरिन नसक्ने गरी प्रतिबन्ध भएकाले युएईमा रहेको जनाएइको छ ।  
उता, नेपालमा रहेका मृतक अष्टमिकी दाजु राजु गुरूङले टेलिफोन मार्फत सुपरभाईजर लगायत भिडियोमा नाम लिएको अन्य नेपालीको मिलेमतो पनि हुनसक्ने आशंका व्यक्त गरेका छन् । 
२० महिना पहिले रोजगारीको शिलशिलामा युएई छिरेकी अष्टमीको शब उनकै कम्पनीमा काम गर्नै बुटवलका नबिन भण्डारीको जिम्मामा घटना भएको १२ दिन पछि कार्तिक ३० गते नेपाल पठाइएको थियो ।

समाचार स्रोत: रातोपाटी (Ratopati)
युएईमा नेपाली चेली अष्टमी गुरुङको बलात्कारपछि आत्महत्या गरेको भिडियो सार्वजनिक भएपछि छानबिन शुरू युएईमा नेपाली चेली अष्टमी गुरुङको बलात्कारपछि आत्महत्या गरेको भिडियो सार्वजनिक भएपछि छानबिन शुरू Reviewed by DailyNEWS Updates on 3:26 AM Rating: 5

No comments:

Powered by Blogger.