सिर्जना पनि अब प्रचण्ड निवास लाजिम्पाटमै बस्ने
काठमाण्डौ । प्रकाश दाहालको असामयीक निधनपछि यतिबेला उनको परिवार शोकमा छ । प्रकाशको निधनले बाबु प्रचण्ड, आमा सीता, श्रीमतीहरु सिर्जना त्रिपाठी र बिना मगरलगायत आफन्त, ईष्टमित्र तथा शुभचिन्तकमा गहिरो चोट पुगेको छ ।
प्रकाशलाई आर्यघाटमा दागबत्ति दिइसकेपछि भने धेरैले उनका दुई श्रीमती र छोराबारे विभिन्न अड्कलबाजी गर्न थालेका छन् । यसैबीच सिर्जना प्रचण्डको आग्रहमा अब लाजिम्पाटमै बस्ने भएको सूचना प्राप्त गरेको छ ।
प्रकाश दाहालको निधनपछि नर्भिक पुगेकी सिर्जना उनको पार्थिव शरीर देखेर बेहोस भएकी थिइन् । नर्भिकमै उपचारपछि उनको होस खुल्यो र उनी अन्त्येष्टीमा सहभागी हुन पशुपति आर्यघाट पुगिन् ।
त्यतिबेलासम्म प्रचण्डले सिर्जनालाई लाजिम्पाट लाने व्यवस्था गरिसकेका थिए । र, सहयोगका लागि माओवादी नेता डिलाराम आचार्यलाई अनुरोध गरियो । डिलाराम भन्छन्, ‘लाजिम्पाटबाटै सिर्जनाका लागि गाडीको व्यवस्था गरिएको थियो । आर्यघाटमा प्रकाशको अन्त्येष्टीपछि मैले नै उनलाई गाडीमा हालेर पठाएको हुँ ।’
प्रकाशको निधनपछि सिर्जना छोरा प्रसिद्ध लिएर लाजिम्पाट बस्ने भएकि हुन । प्रकाश र सिर्जनाको ०६४ माघ ३ गते बिहे भएको थियो । उनीहरुका एक छोरा प्रसिद्ध समेत छन् । तर, पछि प्रकाशले बिनासँग बिहे गरेपछि सिर्जना पोखरामा बस्दै आएकी थिइन् ।
समाचार स्रोत: न्युज २४
सिर्जना पनि अब प्रचण्ड निवास लाजिम्पाटमै बस्ने
Reviewed by DailyNEWS Updates
on
12:52 AM
Rating:
Reviewed by DailyNEWS Updates
on
12:52 AM
Rating:

No comments: