केही भौगोलिक जटिलता भए पनि रेलको बाटो बनाउने (भिडियो)
नेपालमा रेलमार्ग निर्माणबारे अध्ययन गर्न आएको चीनियाँ टोली र नेपाली पक्षबीच निरन्तर काम अघि बढाउने समझदारी भएको छ।
केरुङबाट काठमाण्डौ हुदैं पोखरासम्म र त्यहाँबाट लुम्विनीसम्म रेल मार्ग निर्माणका लागि नेपाल आएको चीनियाँ टोलीले रेलमार्ग निर्माणका लागि निरन्तर कार्य गर्ने जनाएको छ । रेलमार्ग निर्माणका लागि आवश्यक पर्ने सवै सहयोग गर्न तयार रहेको चीनियाँ पक्षले जनाएको छ ।
चीनियाँ टोलीले नेपालको निर्णय प्रकृयामा देखिएको ढिलासुस्तीप्रति गम्भीर चासो देखाएको छ । जग्गा अधिग्रहण, वनको प्रयोग, वातावरण लगायतका कामका लागि सरोकारवाला निकायहरुले छिटो निर्णय गर्नुपर्ने प्रति चीनियाँ पक्षले नेपाली अधिकारीहरुको ध्यानाकर्षण गराएको छ ।
चीनबाट आएको ३३ सदस्यीय चीनियाँ टोलीले नुवाकोटको विदुर, पोखरा र लुम्बिनी पुगेर रेलमार्ग निर्माणबारे स्थलगत अध्ययन गरेको थियो । यस क्रममा केही भौगोलिक जटिलता भए पनि रेलको बाटो बनाउन सकिने चीनियाँ टोलीको ठहर छ ।
Source: Kantipur

Reviewed by Unknown
on
11:58 PM
Rating:
Reviewed by Unknown
on
11:58 PM
Rating:

No comments: