होचा हाँस्य कलाकार दीपेन शाहको निधन

कार्तिक ३०, २०७४-हास्य कलाकार दीपेन शाहको निधन भएको छ । ग्वार्कोस्थित किस्ट अस्पतालमा उपचारको क्रममा उनको आज बिहान निधन भएको हो । किड्नीमा समस्या आएपछि केही दिन अघि उनी अस्पताल भर्ना भएका थिए ।

उनको जन्म २०५५ सालमा दोलखाको भीमसेन नगरपालिका ७ मकैबारीमा भएको थियो । उनले सारथी, छेउ न टुप्पो, झ्याइकुटी झ्याईंजस्ता हास्य शृंखलामा अभिनय गरेका छन् । उनी कक्षा १० मा अध्ययनरत थिए ।

उनी विश्वकै सबैभन्दा होचो कलाकारको रुपमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने प्रयासरत रहेको दीपेन श्रेष्ठ फाउण्डेसनका सचिव भीष्मराज फुलाराले जानकारी दिए ।

समाचार स्रोत: कान्तिपुर
होचा हाँस्य कलाकार दीपेन शाहको निधन होचा हाँस्य कलाकार दीपेन शाहको निधन Reviewed by DailyNEWS Updates on 12:35 AM Rating: 5

No comments:

Powered by Blogger.