काम लगाइदिए बापत एक रात उस्ले मेरो शरिर माग्यो, तर मेरो बाध्यता थियो सुम्पिए …

सुम्निमा पाण्डे।
काठमाडौँ हो रूपाको घर । बुबाआमा दुई दिदीबहिनी र एउटा भाइ सहित पाँच जनाको परिवार । रूपाको बुबा कुनै व्यवसायमा संलग्न थिए भने आमा घरमै सीमित भएर परिवारको हेरचाह गर्दथिन् ।तीन जना छोराछोरी राम्रो स्कूलमा पढिरहेका थिए । सुखद नै वितिरहेको थियो जीवन । तर, दशा घण्टी बजाएर आउँदैन भनेझैँ रूपाको घरमा पनि विपत्ति पस्यो । उनको बुबाको राम्रो चलिरहेको व्यापारमा ठूलो घाटा लाग्यो घर जग्गा सबै बिक्री भयो ।
सम्पन्न परिवारमा गनिएको त्यो परिवार केही दिन भित्रै न्यूरोडको आफ्नो घरबाट सामाखुसी डेरामा आइ पुग्यो । व्यापार घाटाको चोटले हो या बूढो हुँदै गएको शरीरले हो, रूपाको बुबा बिरामी हुन थाल्नुभयो । अब त्यो परिवारलाई दुई छाक खान पनि समस्या हुन थालेको थियो ।
बुबा बिरामी भएकोले रूपाकी चौध वर्षकी दिदीको विवाह गर्ने निधो भयो । केटाको खोजी शुरु भयो । रूपाको बुबालाई साथीहरूले सहयोग गरे केटा खोज्न । बुबाका साथीको साथीका छोरासित विवाह पक्का भयो । बिग्रिएको आर्थिक अवस्थाले गर्दा भद्रकाली मन्दिरमा फुलमाला मात्र गरेर विवाह सम्पन्न भयो । समोसा र चियाको भोज खुवाएर रूपाहरूले दिदीलाई बिदा गरे ।
अब आमा बुबाका लागि घरमा रूपा र भाइको मात्र बोझ थियो । नोकर चाकर राखेर बसेकी रूपाकी आमा पेट पाल्नकै लागि दिउँसो छिमेकीको गार्मेन्टमा गएर काम गर्न थालेकोे रूपाले पनि देखिरहेकी थिई । रूपाको बुबा बिस्तारै बिस्तराबाटै उठ्न नसक्नेगरी थलिनु भएको थियो । बाथरूमसम्म पनि बडो मुस्किलले जान सक्ने । आमा र भाइ घरमा हुँदा बुबा उनीहरूको भरमा बाथरूम जाने गर्नु हुन्थ्यो ।कोही नहुँदा भित्ता समाउँदै गएको रूपाले देखेकी थिई । बुबालाई के भएको उसलाई थाहा थिएन । बुझ्ने उमेर भएको थिएन उसकोे । तर बेलाबेलामा आमा र बुबा अस्पताल जाने गर्नुहुन्थ्यो ।
रूपाको पढाइ पनि बीचैमा रोकियो । भाइ मात्रै स्कूल जाने भयो । रूपालाई पढाइ रोकिएकोमा कुनै पीर थिएन । किनकि ऊ पढाइको उपलब्धि थाहा पाउने उमेरमा नै पुगेकीे थिइन । रूपालाई अब आवारा केटाकेटीसित दिनभर खेल्न थालेकी थिइ । उसलाई स्कूल जानुभन्दा यसैमा रमाइलो लाग्न थालेको थियो । ऊ बिस्तारै आवारा केटाकेटीसित पूरै काठमाडौँ घुम्ने फुच्ची भइसकेकी थिई । आमासित उसलाई रोक्ने समय थिएन भने बाबु बिचरा ओछ्यान परेका मानिस, छोरी कहाँ गई, के थाहा ! सानै उमेरमा रूपाकी दिदीको विवाह गरिदिएका भए तापनि रूपाको आमाबुबालाई उसबाट शान्ति भने हुन सकेन ।
भिनाजुले कुटेको नीलडाम देखाउँदै दिदी आमासित रुन आइरहन्थी । किन कुट्थे त्यसरी, रूपालाई थाहा भएन । दिदी विहे गरेको वर्ष नहुँदै सधैँका लागि फर्किई माइतीघरमा । ऊ पनि अब आमाले काम गर्ने कारखानामा काम गर्न जान थालेकी थिई । रूपाको बुबा बित्नुभयो । बेलाबेलामा आमा पनि रोएको देख्न थालेकी थिई रूपाले । ऊ घरका बारेमा केही बुझ्ने भैसकेकी थिई । उसलाई पनि केही काम गरेर आमाको दुःख कम गर्न पाए हुने थियो भन्ने लाग्न थाल्यो ।
.उसका दायाँबायाँ साथीहरू त थुप्रै थिए तर सबै आवारा। उसले भन्ने कसलाई ? त्यसैले तिनै आवारा साथीहरूसित सल्लाहगरी । पढेको छैन, के काम गर्ने र ? सबै जना ठूलै विचार विमर्शमा बसे। त्यो बेला रूपालाई पढ्न नपाएकोमा दु:ख लागेर आयो ।आवारा साथीहरूमध्ये उमेश अलि ठूलो थियो । सबै उसले भनेको कुरा मान्दथे । सबैले उमेशको अगाडि रूपाको समस्या राखे । उमेशले केहीबेर सोच्यो र रूपातिर नियालेर हे¥यो । धेरैबेर हेरिसकेपछि निकै बुज्रुक बन्दै भन्यो-“म तिमीलाई काम त दिलाउन सक्छु ।
.तर तिमीले पनि मलाई केही दिनुपर्दछ ।” रूपाले केही नसोची हुन्छ भनी । उसले काम पाउने भएकाले सबै साथीहरू खुसी भए ।उमेशले रूपालाई भृकुटीमण्डपको एउटा पसलमा काम दिलाइदियो । रूपाको काम थियो-बेच्न फिँजाएर राखिएका जुत्ताको रखवाली गर्ने । काम पक्का भयो । उमेशले उसकोे काम गरिदियो । अब पालो रूपाको थियो । त्यो रात रूपा घर जान पाइन । बुढानीलकण्ठको एउटा पाटीमा उमेशले रूपालाई लिएर गयो ।
बालक रूपा उसलाई के थाहा-उमेशले उससित के खोजेको हो भन्ने । उमेशले हामी आज यहीँ सुत्ने भन्यो । ऊ मुसुक्क मुस्कुराई । उसलाई लाग्यो– उमेश पागल रहेछ । मलाई काम लगाइदिए बापत एक रात मसित सुत्ने मात्र भन्यो ।त्यसका लागि पाटीमै किन आउनुपर्दथ्यो ? घरमै गएर सुतेका भए पनि भइहाल्दथ्यो । उसकोे त महिनावारी पनि शुरु भएको थिएन । उसलाई काम गराइदिए बापत उमेशले उसकोे शरीर पायो त्यो रात ।पहिलोपल्टको सम्भोगमा ऊ दुखेर चिच्याएकी थिई । तर उमेशले उसकोे मुख थुनिदियो । त्यो रातभरि उमेशले रूपालाई सुत्न दिएन । घरी कहाँ-कहाँ हात पु¥याउने त, घरी केके गर्ने ।
रूपालाई सहनै नसक्नेगरी दुखेको थियो । उसले नाइँ पनि भन्न सकिन । जागिरको सवाल थियो । बिहानीपख मात्र थाकेर उमेश निदायो । रूपा पनि निदाई । बिहान मानिसको आवाजले रूपा निद्राबाट ब्यूँझिई । उसकोे शरीर उठाउन सक्ने अवस्थामा थिएन ।उमेश त्यहाँ कतै थिएन । ऊ त उठेर हिँडिसकेछ । अब भो फसाद, रूपासित घर पुग्न बस चढ्ने पैसा पनि थिएन ।
ऊ हिँड्दै सामाखुसीसम्म आइपुगी । ओहो ! त्यो दिन रूपाको बिजोग, उसकोे गुप्ताङ्गबाट रगत आइरहेको थियो, सुनिएको थियो, बडो मुस्किलले ऊ हिँडेकी थिई ।बल्लबल्ल आफ्नो घर आइपुगेकी मात्र थिई, आमाले उसकोे हालत देखेर के थाहा पाउनु भयो कुन्नि, उसलाई बेस्कन गाली गर्दै पिट्नु पनि भयो ।बिचरी रूपा सजिलै उभिन पनि नसक्ने अवस्थामा पुगेकी थिई । तर दिदी र आमाले उसलाई मायाको साटो गाली बर्साउँदै कोठामा पस्न पनि नदिई नुहाउन लगाउनुभएको थियो । रूपा दुई दिनसम्म हिँड्न पनि सकिन ।
ऊ आफ्नो त्यो अवस्थामा आमा र दिदीले माया गरिदिए हुन्थ्यो भन्ने चाहन्थी । तेस्रो दिन अलिअलि हिँड्न सक्छु कि जस्तो भएपछि ऊ घरबाट निस्किएर सिधै भृकुटिमण्डप पुगी-काम गर्न । ऊ भनेको दिनमा नपुगेकीले जुत्ता साहुले अर्कै केटा राखिसकेको रहेछ । उ भुतभुताई ब्याड लक । के सोचेकी थिई, के भयो । ओहो ! कामको निहुँले उमेशले के पायो , अनि रूपाले के पाई ! एउटा काम त उमेशकै कारणले गर्दा फुत्कियो ।
उमेशलाई रूपाले काम खोजिदेऊ भनेर कराउन थाली । उमेश केही आवारा फुच्चेहरूको पो लीडर, भन्नासाथ उसले पनि कहाँ काम पाउँथ्यो र ! तर काम लगाइदिन्छु, भोलि यो ठाउँमा काममा लैजान्छु भन्थ्यो ।रूपालाई शारीरिक रूपमा सताउन भने चुक्दैनथियो । तीनचार महिनापछि उसले फेरि काम खोजिदियो-एउटा म्यानपावर कम्पनीमा पियन ।
सानो उमेर नपढेकी केटी भए तापनि अफिसको पियन- रूपालाई त्यो काम मन परेको थियो । ऊ काम गर्न थाली ।पहिलो महिनाको तलबमा केही आफुलाई राखेर सबै पैसा उसले आमालाई दिँदा आमा पनि मक्ख पर्नुभएको थियो । दिन बित्दै गए । उसकोे महिनावारी पनि शुरु भै सकेको थियो ।
काम लगाइदिए बापत एक रात उस्ले मेरो शरिर माग्यो, तर मेरो बाध्यता थियो सुम्पिए … काम लगाइदिए बापत एक रात उस्ले मेरो शरिर माग्यो, तर मेरो बाध्यता थियो सुम्पिए … Reviewed by Unknown on 7:44 PM Rating: 5

No comments:

Powered by Blogger.