दार्जीलिङमा पढ्ने विद्यार्थीलाई घर फर्कन १२ घण्टाको समय, इन्टरनेट अझै ठप्प, 'कि बिहान कि चिहान: गोर्खा जनमुक्ति मोर्चा

बंगाली भाषा पढ्न अनिवार्य गरिएको विरोधमा उठेको आन्दोलन गोर्खाल्यान्ड राज्यको स्थापनाको एकमात्र मागमा केन्द्रित भएर अनिश्चितकालीन बन्द जारी रहँदा गोर्खा जनमुक्ति मोर्चाले दार्जीलिङमा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो घर फर्कन शुक्रबार १२ घण्टाको समय दिएको छ। 

हिमालय दर्पणका अनुसार शुक्रबार बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्ममा बोर्डिङमा बस्ने विद्यार्थीहरुलाई विद्यालयले उनीहरुको घरमा पठाइदिन मोर्चाले अनुरोध गरेको छ। 

गोजमुमोका सहसचिव विनय तामाङलाई उद्‍धृत गर्दै समाचारमा भनिएको छ, त्यस दिन विद्यार्थी लिएर गएका गाडीहरुमात्र चल्नेछन्। पहाडमा बन्द यथावत रहनेछ। 

इन्टरनेट अझै ठप्प

पश्चिम बंगाल राज्य सरकारले दार्जीलिङमा छुट्टै राज्यको आन्दोलन चर्किएपछि ठप्प गरिएको इन्टरनेट सेवा अझै खुल्न सकेको छैन। सुरुमा ४८ घण्टाको लागि भनिए पनि इन्टरनेट सेवा कहिले खुल्ने निश्चित छैन। हिमालय दर्पणका अनुसार इन्टरनेट सेवा बन्द भएक कारण फेसबुक, ह्वाटस एप, मेसेन्जर, इमेल केही चलेको छैन। मिडियाकर्मीहरु पनि समाचार र फोटो पठाउन समस्या भोगिरहेका छन्।  

कि बिहान कि चिहान

उता पिपल्स मुभमेन्टको ब्यानरमा बुधबार भएको गोर्खाल्यान्ड मुद्दामा भएको बहसमा यो आन्दोलनले कि त गोर्खाको बिहान हुन्छ कि चिहान हुन्छ भन्ने निश्कर्ष निकालेको छ। त्यहाँका दलहले आफ्नो झण्डा थन्काएर आन्दोलनलाई सहयोग पुर्‍याउने निर्णय गरेका छन्। 

दार्जीलिङका साहित्यकार र कलाकारहरु पनि आन्दोलनमा सहभागी भएका छन्। 

राज्य सरकारको सर्वदलीय बैठक

यसैबीच दार्जीलिङमा शान्ति फर्काउने उद्देश्यले राज्य सरकारले बिहीबार सर्वदलीय बैठक आयोजना गरेको छ। मुख्यमन्त्री ममता ब्यानर्जी अनुपस्थित हुने कारण देखाउँदै बैठकमा वामपन्थी, कंग्रेस र भाजपाले सहभागी नहुने बताइसकेका छन्। दार्जीलिङमा दलहरुले पनि सर्वदलीय 
बैठकमा भाग नलिने बताएका छन्।

दार्जीलिङको आन्दोलनमा सुरक्षाकर्मीसँग भएको झडपमा तीन जनाको मृत्यु भइसकेको छ।  
दार्जीलिङमा पढ्ने विद्यार्थीलाई घर फर्कन १२ घण्टाको समय, इन्टरनेट अझै ठप्प, 'कि बिहान कि चिहान: गोर्खा जनमुक्ति मोर्चा दार्जीलिङमा पढ्ने विद्यार्थीलाई घर फर्कन १२ घण्टाको समय, इन्टरनेट अझै ठप्प, 'कि बिहान कि चिहान:  गोर्खा जनमुक्ति मोर्चा Reviewed by Unknown on 8:28 AM Rating: 5

No comments:

Powered by Blogger.