सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध

काठमाडौं - सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र कोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र मोटरसाइकल प्रवेश निषेध गराउने विषयमा छलफल थालेको हो । 
मोटरसाइकलमा प्रतिबन्ध लगाउनु अघि सार्वजनिक सवारी सहज र सर्वसुलभ बनाइने विभागको भनाइ छ ।
सहरी सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदूषण कम गर्न तथा स्वच्छ सहर बनाउन उपत्यकाको चक्रपथभित्र मोटरसाइकल लाउन रोक लगाउने विषयमा छलफल सुरु गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक भट्टराइले जानकारी दिए ।
आजको कारोबारमा खबर छ ।
सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध Reviewed by Unknown on 6:16 PM Rating: 5

No comments:

Powered by Blogger.