जब आफ्नै पतिको मृत्युबारे समाचार पढनुपर्‍यो यी समाचारवाचिकाले

दर्शकहरुलाई देशदुनियाँको खबर सुनाउने छत्तीसगढका एक प्राइभेट न्युज च्यानलकी एङ्कर सुप्रीत कौरको जिन्दगीमा त्यसबेला दुःखको पहाड नै खस्यो, जतिबेला उनले आफ्ना पतिको सडक दुर्घटनामा मृत्यु भएको ब्रेकिङ न्युज आफैँले पढ्नु पर्‍यो ।

तर, न्यूज एंकरको अदम्य साहस र कर्तव्यनिष्ठाको भारतभर प्रशंसा भएको छ र उनको साहसलार्इ सलाम भनेका छन् । साथै यो घटनालार्इ लिएर दुःख पनि व्यक्त गरेका छन् ।
छत्तीसगढका मुख्यमन्त्री रमन सिंहले समेत सुप्रीतका पति हर्षद गावडेको मृत्युमा दुःख जनाएका छन् ।
घटना शनिबारको हो । जब आर्इबीसी २४ च्यानलको लाइभ न्युज बुलेटिनको प्रशारणका क्रममा न्युज एङ्कर सुप्रीत कौर समाचार पढिरहेकी थिइन् ।
त्यही बेला सडक दुर्घटनाको ब्रेकिङ न्युज आयो । राष्ट्रिय राजमार्ग ३५३ मा भएको सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो, जसमा सुप्रीतका पति पनि परे ।
रिपोर्टरसँग लाइभ कुरा गर्दा नै एङ्कर सुप्रीत कौरलार्इ शंका लागेको थियो कि दुर्घटनामा मृत्यु भएका व्यक्तिमा उनका पति पनि छन् ।
यस्तो अप्ठेरो अवस्थामा पनि उनले आफूलाई सम्हालिन् र पुरा न्युज बुलेटिन पढिन् ।
एनडीटीभीका अनुसार न्युज बुलेटिन पढिसकिएपछि बल्ल उनी स्टुडियोबाट बाहिर आइन् र रुन थालिन् ।
स्टुडियोबाट बाहिर निस्कनासाथ उनलार्इ आफन्तको फोन पनि आएको थियो । सुप्रितका सहकर्मीका अनुसार सबै सहकर्मीलाई उनका पतिको मृत्युको खबर थाहा भइसकेको थियो । तर उनीहरुमध्ये कसैलाई पनि यो सत्य उनलाई बताउने हिम्मत भएन ।
छत्तीसगढका मुख्यमन्त्री रमन सिंहले समेत सुप्रीतले दुःखद घडीमा पनि साहसका साथ कर्तव्य निभाएको भन्दै सलाम भनेका छन् ।
जब आफ्नै पतिको मृत्युबारे समाचार पढनुपर्‍यो यी समाचारवाचिकाले जब आफ्नै पतिको मृत्युबारे समाचार पढनुपर्‍यो यी समाचारवाचिकाले Reviewed by Himalaya Times Express on 10:07 PM Rating: 5

No comments:

Powered by Blogger.