‘बाहुबली २’ इन्टरनेटमा लिक भयो

एजेन्सी - कटप्पाले बाहुबलीलाई किन मारे ? यो राजबाट आज पर्दा उठेको छ । एस.एस राजमौलीको फिल्म ‘बाहुबली टुः द कन्क्लूजन’ आज प्रदर्शनमा आएको छ ।
फिल्मको ३० सेकेन्डको दृश्य लिक भएको खबर पनि सार्वजनिक भइरहेको छ ।
यद्यपी, ३० सेकेन्डको भिजुअलमा फिल्मसँग जोडिएका यस्ता थुप्रै महत्वपूर्ण जानकारी लिक भएकोसमेत बताइएको छ ।  उक्त लिक दृश्य शिवगामीसँग जोडिएको छ जुन सोसल मिडियामा भाइरल भइरहेको छ ।
यो लिक दृश्य तेलुगुमा छ जसमा शिवगामी आफ्नो मन्त्रीसँग महत्वपूर्ण चर्चा गरिरहेको देख्न सकिन्छ । यद्यपी, यो क्लिप नक्कलीसमेत भएको बताइन्छ । यसलाई इडिट गरिएको फेक क्लिप भनिएको छ  जुन शिवगामी अर्थात् रम्या कृष्णनद्वारा गरिएको एक पुरानो विज्ञापनको हिस्सा बताइएको छ । सायद यसमार्फत् ती मानिसहरुलाई मूर्ख बनाउने कोसिस गरिँदै छ जसले यो भाषा बुझ्दैनन् ।
हामीले यो समाचार रातो पाटी बाट साभार गरेका हौँ 


‘बाहुबली २’ इन्टरनेटमा लिक भयो ‘बाहुबली २’  इन्टरनेटमा लिक भयो Reviewed by Himalaya Times Express on 11:55 AM Rating: 5

No comments:

Powered by Blogger.