२१ वर्षे रञ्जुको काठमाडौंको मेयरमा उम्मेदवारी
काठमाडौं— विवेकशील नेपाली दलले काठमाडौं महानगरपालिकाको मेयरमा २१ वर्षे रन्जु दर्शनालाई उम्मेदवार बनाउने भएको छ। बन्दविरोधी अभियानमा संलग्न, भूकम्पपछिको राहत तथा उद्धारमा सक्रिय एवं ड.गोविन्द केसीको सत्याग्रहमा सहयोगी रहको भन्दै पार्टीले उनलाई मेयर उम्मेदवारमा छनौट गरेको हो।
२०७२ को भूकम्पपछिको राहत तथा उद्धारमा संलग्न रन्जु २०७२ मंसिरसम्म आठ महिना विवेकशील नेपाली दलको काठमाडौँ जिल्ला कार्यसमितिमा कार्यपालिका प्रमुखको रुपमा पनि सक्रिय थिइन्। रन्जु विवेकशील नेपाली दलको २०७२ मंसिरमा भएको प्रथम महाधिवेशन केन्द्रीय सदस्य चुनिएकी थिइन्।
तीन वर्षदेखि उनी विवेकशील नेपालीसँग अावद्ध थिइन्। दोस्रो संविधानसभाको निर्वाचनका बेला विवेकशील नेपालीले चलाएको बन्दविरोधी अभियानमा संलगन्ता रञ्जु हाल पार्टीको मिडिया विभाग प्रमुख तथा केन्द्रीय सदस्य हुन्।
उनले डा.गोविन्द केसीको सत्याग्रमा विवेकशीलको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। रन्जु हाल विकास अध्ययनमा स्नातक तहकी विद्यार्थी हुन्।
हामीले यो पोस्ट नागरिक न्युज बाट साभार गरेका हौँ
२१ वर्षे रञ्जुको काठमाडौंको मेयरमा उम्मेदवारी
Reviewed by Himalaya Times Express
on
12:47 PM
Rating:
Reviewed by Himalaya Times Express
on
12:47 PM
Rating:

No comments: