हमाललाई काठमाण्डौबाट मेयर लड्न करिश्माको सुझाव

नेपाली चलचित्र क्षेत्रमा नायक राजेश हमाल र नायिका करिश्मा मानन्धरको जोडी सर्वाधिक चर्चित छ । यी दुइले अभिनय गरेका धेरै चलचित्र सुपरहिट पनि भएका छन् । तर, यतिबेला समय बदलिएको छ । राजेश हमाल कुनै पनि पार्टीमा नलागी स्वतन्त्र रुपमा आफ्नो मत व्यक्त गरिरहेका छन् भने नायिका करिश्मा मानन्धर पनि नयाँ शक्तिकी केन्द्रिय सदस्य हुन् ।

सोमबार बेलुकी नायक राजेश हमालले भारतमा राष्ट्रपति विद्यादेवी भण्डारीको अपमान भएको भन्दै स्टाटस कोरेपछि नायिका करिश्मा मानन्धरले उनलाई अर्को चुनौती दिएकी छिन् । राजेशलाई करिश्माले काठमाण्डौबाट स्वतन्त्र पदमा मेयर लड्न चुनौती दिएकी हुन् । करिश्माले फेसबुकमा स्टाटस लेखेकी छिन् कि–‘राजेश हमाललाई सुझाव, यदि हजुरलाई नेपाली समाज र देशको चिन्ता छ भने काठमाण्डौबाट मेयरको लाग स्वतन्त्र चुनाव लड्नुहोस् । मेरो भोट तपाइलाई हुनेछ ।’
करिश्माले राजेश हमाललाई घुमाउरो शैलीमा फेसबुकमा मात्र नभएर व्यवहारमै देशको माया गर्न चुनौती दिएको वुझ्न सकिन्छ । राजेश हमालले करिश्माको यो चुनौतीलाई कसरि लिने हुन्, यो भने भोलीको कुरा हो ।
हामीले यो समाचार अनलाइन खबर बाट साभार गरेका हौँ 
हमाललाई काठमाण्डौबाट मेयर लड्न करिश्माको सुझाव हमाललाई काठमाण्डौबाट मेयर लड्न करिश्माको सुझाव Reviewed by Himalaya Times Express on 3:19 AM Rating: 5

No comments:

Powered by Blogger.