तपाईं अब कुन गाउँपालिका र नगरपालिकाको बासिन्दा ? विस्तृतरुपमा अर्थात तपाईको पनि हेर्नुहोस् यहाँ !

  हिजोसम्म १४ अञ्चल, ७५ जिल्ला, दुई सय १७ नगरपालिका, तीन हजार एक सय ५७ गाउँ विकास समिति भएको मुलुक शुक्रबारदेखि सात सय ४४ गाउँपालिका र नगरपालिकामा परिणत भएको छ।
सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी सात सय ४४ स्थानीय तह बनाएको घोषणा गरेको हो । राजपत्रमा प्रकाशित भएसँगै मुलुक संघीयतामा प्रवेश गरेको छ भने २५ वर्षदेखि गाविस र नगरपालिका बनाइएका स्थानीय निकाय शुक्रबार बाटै खारेज भएका छन्।

जिल्ला विकास समितिलाई जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाको समन्वय गर्ने गरी जिल्ला समन्वय समितिमा परिणत गरिएको छ।  
सरकारले चार महानगरपालिका, १३ उपमहानगरपालिका, दुई सय ४६ नगरपालिका र चार सय ८१ गाउँपालिका बनाएको हो । काठमाडौं, ललितपुर, चितवन र कास्की जिल्लामा क्रमशः काठमाडौं, ललितपुर, भरतपुर र पोखरालेखनाथ नामका महानगरपालिका बनाएका छन् भने बिराटनगर, इटहरी, धरान, जनकपुर, हेटौंडा, जीतपुरसिमरा, कलैया, वीरगञ्ज, बुटवल, तुल्सीपुर, घोराही, नेपालगञ्ज र धनगढी उपमहानगरपालिका बनाइएका छन् ।
संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले शुक्रबार प्रकाशित राजपत्र देखाउँदै गाउँपालिका र नगरपालिका कार्यान्वयन सुरु भएको घोषणा गरेका थिए । उनले भने, ‘साबिकमा स्थानीय निकायका रुपमा रहेका सबै गाविस, नगरपालिका र जिविस शुक्रबारबाटै खारेज भएका छन् । गाविस गाउँपालिका र जिविस जिल्ला समन्वय समितिमा रुपान्तरित भएका छन् ।’
हिजोसम्म एउटा ठेगाना बताइरहने नागरिक शुक्रबारदेखि नयाँ ठेगाना बताउने भएका छन् । उनीहरुले अञ्चल र जिल्ला भन्दा पनि फलानो गाउँपालिका वा नगरपालिका भनेर आफ्नो परिचय दिनेछन् ।

तपाईं अब कुन गाउँपालिका र नगरपालिकाको बासिन्दा ? विस्तृतरुपमा अर्थात तपाईको पनि हेर्नुहोस् यहाँ ! तपाईं अब कुन गाउँपालिका र नगरपालिकाको बासिन्दा ? विस्तृतरुपमा अर्थात तपाईको पनि हेर्नुहोस् यहाँ ! Reviewed by Unknown on 8:08 AM Rating: 5

No comments:

Powered by Blogger.