फेरी काठमाडौं आइपुगे नयाँ दुई विमान यसरी


नेपालगञ्ज, सुर्खेतलाई आधार बनाएर मध्य तथा सुदूरपश्चिमका पहाडी क्षेत्रमा उडान भर्दै आएको गोमा एयरले थप दुई विमान ल्याएको छ।
दुर्गम क्षेत्रका विमानस्थल र पर्यटन व्यवसायीहरुको मागलाई मध्यनजर गर्दै कम्पनीले थप विमान ल्याएको जनाएको छ। चेक रिपब्लिक विमान निर्माता कम्पनी एलइटीले निर्माण गरेको एल–४१० सिरिजका दुई विमान गोमाले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्याएको छ।
नेपाली चालक दल र इन्जिनियरिङ्ग दलले रुसवाट मंगोलिया, चीन, भियतनाम, बंगलादेश हुँदै विमान नेपाल ल्याएको गोमाले जानकारी दिएको छ।
२०६७ सालमा स्थापना भएको गोमाले दुई सेस्ना ग्रान्ड क्याराभान विमानबाट सुदुर पश्चिम र कर्णाली भेगमा सेवा सन्चालन गरेको थियो।
२०७० मा  दुई एल ४१० विमान ल्याएको गोमासँग अब ६ विमान भएका छन्। छोटो धावन मार्ग प्रयोग गर्ने यी ६ वटै विमानहरुले काठमाडौँ, पोखरा, र नेपालगन्जबाट दुर्गम क्षेत्र र पर्यटकीय गन्तव्यहरुमा सेवा गर्ने योजना कम्पनीले बनाएको छ। 
फेरी काठमाडौं आइपुगे नयाँ दुई विमान यसरी फेरी काठमाडौं आइपुगे नयाँ  दुई विमान यसरी Reviewed by Unknown on 6:17 AM Rating: 5

No comments:

Powered by Blogger.