प्रजनन क्षमता बढाउनको लागि पुरुषले खानैपर्ने यी १० चीज
पुरुषमा स्पर्म काउन्ट कम भएमा उसको प्रजनन् क्षमतामा असर पर्छ । ब्रिटिश पोषणविद् इजाबेला ओबर्टकाअनुसार पुरुषमा स्पर्मको परिमाणको साथमा त्यसको गुणको पनि धेरै नै महत्व हुुन्छ ।
थाहापाइ राख्नुहोस यी १० खानेकुराको बारेमा जसको नियमित सेवनले पुरुषको स्पर्म काउन्ट बढ्छ र उसको प्रजनन् क्षमता राम्रो हुन्छ । यी खानेकुरालाई खानाले स्पर्मको परिमाण, गुण र त्यसको आकार पनि राम्रो हुन्छ जसले पछि जन्मिने सन्तान पनि स्वस्थ बन्नेछ ।
१०. टमाटर
यसमा पाइने लाइकोपिनले स्पर्म काउन्ट, क्वालिटि र त्यसको आकार राम्रो बनाँउछ । टमाटरलाई जैतुनको तेलमा पकाएर खानाले धेरै फाइदा हुन्छ ।
९. डार्कचकलेट
यसमा पाइने एलअरजिनाइन नामक एमिनो एसिड स्पर्मको भोल्युम र क्वालिटी बढाँउछ । चकलेट जति डार्क हुन्छ स्पर्म काउन्ट बढाउनमा त्यति नै बढी फाइदाजनक हुन्छ ।
८. लसुन
यसमा पाइने एलिसिन नामक कम्पाउन्डले पुरुष अङ्गमा रक्तप्रवाह बढाँउछ । सधैँ विहान लसुनको ३–४ पोटी चपाएर खानाले सीमेनको भोल्युम बढ्छ ।
७. गाँजर
यसमा पाइने भिटामिन ए स्पर्मको प्रोडक्सन बढाउनमा सहयोगी हुन्छ । सलादमा गाँजर खाने वा गाँजरको जुस पिउनाले फर्टिलिटि बढ्छ ।
६. अण्डा
भरपुर मात्रामा प्रोटिन र भिटामिन इ पाइने हुनाले अण्डा स्वस्थ स्पर्मको उत्पादनमा सहयोग गर्छ । सधैँ नास्तामा दुईवटा खण्डा खानाले फ्रि रेडिकल्सबाट बचाउँछ ।
५. ओखर
यसमा हुने ओमेगा ३ फ्याटि एसिडले पुरुष प्रजजन् अङ्गमा रक्त प्रवाह बढाउन धेरै नै मद्धत गर्छ । सधैं एक मुठ्ठि ओखर खानाले स्पर्मको सख्या बढ्छ र आकार पनि राम्रो हुन्छ ।
४. पालक
यसमा प्रचुर मात्रामा फोलिक एसिड हुन्छ । यसले पनि स्पर्मको क्वालिटि र आकार राम्रो बनाउँछ , नियमित पालक खानाले र त्यसको जुस पिउनाले प्रजनन् क्षमता बढ्छ ।
३. अनार
टर्किमा गरिएको एक रिसर्च अनुसार अनारको जुसले स्पर्म काउन्ट र क्वालिटी बढ्छ ।सधैं एक गिलास अनारको जुस पिउनाले पुरुषप्रजनन् क्षमतामा बढ्छ ।
२. केरा
यसमा पाइने ब्रोमिलेन नामक एनजाइम र भिटामिन बि स्टामिना, स्फुर्ती र स्पर्म काउन्ट बढाउँछ । सधैं बिहान एउटा केरा खानाले तागत बढ्छ ।
१. फर्सिको बिउ
यसमा पाइने जिंक र ओमेगा ३ फ्याटी एसिडले पुरुष प्रजनन् अङ्गमा रक्त प्रवाह बढाउँछ । दैनिक एक मुठ्ठि फर्सिको बिउ खानाले टेस्टोस्टेरोन र स्पर्म काउन्ट बढ्न सक्छ ।
प्रजनन क्षमता बढाउनको लागि पुरुषले खानैपर्ने यी १० चीज
Reviewed by Unknown
on
7:29 AM
Rating:
No comments: