नयाँ एल्बम ‘खतरा’ सार्वजनिक नगर्दै बिदा भए र्‍यापर ‘यमवुद्ध’

नयाँ एल्बम ‘खतरा’ सार्वजनिक गर्ने अन्तिम तयारीमा थिए र्‍यापर यमबुद्ध । नेपाली संगीतमा र्‍यापरका छवि स्थापित गरेका २९ वषिर्य यमबुद्ध -अनिल अधिकारी) सदाका लागि संसारवाट बिदा भए ।

उनको नयाँ एल्बम ल्याउने सपना अधुरै रह्यो । बेलायतमा श्रीमतिसँग बस्दै आएका यमबुद्ध बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

पाँच वर्ष अघि यमबुद्ध सहित कोलिनबिक्रम राणा, युनिक पोइन्ट लगायतले ‘र्‍याप ब्याटल’ सुरु गरेका थिए । पश्चिमी मुलुकमा लोकपि्रय भएपनि नेपाली समाजमा नौलो विधा मानिने र्‍याप म्युजिकलाई यमबुद्धकै समुहले चर्चित बनाएका थियो ।

उनको संगीत विषेशगरि टिनएज पुस्ताका किशोर-किशोरीमाझ चर्चित थियो । नेपालमा र्‍यापसंगीतलाई उचाइमा पुर्‍याउन यमबुद्धको योगदान छ भन्नेहरु धेरै छन् ।

‘यमबुद्ध’को शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल नै ल्याइनेछ । नेपाली गीतसंगीतका चर्चित र्‍यापर यमवुद्धले आत्महत्या गर्नुको कारण खुलेको छैन ।

Source: Onlinekhabar.com
नयाँ एल्बम ‘खतरा’ सार्वजनिक नगर्दै बिदा भए र्‍यापर ‘यमवुद्ध’ नयाँ एल्बम  ‘खतरा’ सार्वजनिक नगर्दै बिदा भए  र्‍यापर  ‘यमवुद्ध’ Reviewed by Himalaya Times Express on 11:17 AM Rating: 5

No comments:

Powered by Blogger.