समयमा महिनावारी नहुनुका यी कारणहरु...विस्तारमा

महिनावारी सही समयमा नहुनु थुप्रै महिलाको लागि समस्या बनेको हुनसक्छ । यदि यो समस्या लामो समयसम्म रहीरहे तपाईंलाई विभिन्न स्वास्थ्य समस्या हुनसक्छ । यस्तोमा तुरुन्त डाक्टरको उपचार लिनु आवश्यक छ । गायनोकोलोजिस्ट डा. निरजा पौराणीकले महिनावारी समयमा नहुनुका यी ८ कारणबारे जानकारी दिएकी छिन् ।
 
थाइराइडको समस्याः गलामा हुने थाइराइड ग्ल्याण्ड यदि अण्डरएक्टिभ वा ओभरएक्टिभ भएका कारण शरिरको हर्मोनको सन्तुलन बिग्रने गर्दछ । यसका कारण महिनावारी समयमा नहुन सक्छ ।

मधुमेहको कारणः शरिरको ब्लड सुगर लेभल बिग्रने भएकाले हर्मोन असन्तुलन हुन थाल्छ । यस्तो अवस्थामा महिनावारी समयमा नहुन सक्छ ।

बढ्दो उमेरका कारणः महिलाको उमेर ४० पार हुँदा ओभेरियन फेलियरको समस्या हुनथाल्छ । यस्तोमा पनि महिनावारी समयमा हुँदैन ।

मोटोपना बढ्नुः मोटोपना बढ्दा दिमागमा पाइने हाइपोथेलेमस नामक ग्रन्थीमा निकै नराम्रो असर पर्ने गर्दछ । यसका कारण हर्मोनल असन्तुलन हुन थाल्छ जसले महिनावारी समयमा हुन रोकिदिन्छ ।

लगातार तनावमा रहनुः लगातार तनावमा रहँदा शरिरमा एस्ट्रोजन र कार्टिसोल नामक हर्मोन रिलिज हुन
थाल्छ ।
शरिरमा यसको मात्रा बढेका कारण महिनावारी समयमा हुँदैन ।

अत्यधिक व्यायामः आवश्यकताभन्दा बढि व्यायाम गर्दा शरिरमा पर्याप्त मात्रामा एस्ट्रोजन हर्मोन रिलिज हुन पाउँदैन । यस्तोमा थुप्रै पटक महिनावारी समयमा हुँदैन ।

पोलिसिस्टिक ओभरी सिम्पटमः पोलिसिस्टिक ओभरी सिम्पटम (पीसीओएस) को समस्या हुँदा शरिरमा पुरुष हर्मोनको मात्रा बढ्न थाल्छ । यस्तोमा बाँझोपन र महिनावारी समयमा नहुने समस्या हुन थाल्छ । थाहा पाउनुहोस् के नगर्ने ?

चिसो पेय पदार्थः कार्बोनेटेड ड्रिङ्क्समा अत्यधिक क्याफिन र सुगर हुन्छ । यसले महिनावारीमा गडबडी ल्याउन सक्छ ।

धेरै नुनिलो खानेकुरा नखानेः अचार, सस, आलु चिप्सजस्ता खानेकुरामा अत्यधिक नुन हुन्छ । यसले शरिरमा सोडियमको स्तर बढाएर पिसाबको समस्या पैदा गर्न सक्छ ।

रिफाइन्ड ग्रेनः पाउरोटी, पास्ता र मैदाले बनेको खानेकुराले महिनावारीको समस्या निम्त्याउन सक्छ । यसले कब्जियत र एसिडिटी बढाउने गर्दछ ।

चिल्लो र मसालेदार खानेकुराः महिनावारी हुँदा धेरै तेल हालेको खानेकुरा र मसालेदार खानेकुरा खाँदा ग्याँस, पेट फुल्नेजस्ता समस्या निम्तिन सक्छ ।

मासु नखानेः महिनावारी हुँदा मासुलगायतका खानेकुरामा बोसो हुनेभएकाले यो खाँदा पेटको समस्या र दुखाई थप बढ्छ ।

जंक फुडः यसमा अत्यधिक ट्रान्स फ्याट हुने गर्दछ । यसले एस्ट्रोजन लेभल बढाउँछ जसले पाठेघरमा दुखाई महसुस हुनसक्छ ।

Source: Ratopati (रातोपाटी) 
समयमा महिनावारी नहुनुका यी कारणहरु...विस्तारमा समयमा महिनावारी नहुनुका यी कारणहरु...विस्तारमा Reviewed by Himalaya Times Express on 6:40 AM Rating: 5

No comments:

Powered by Blogger.