चालकदल सहित यात्रु बोकेको विमान अपहरणमा....



चालकदलका सात सदस्यसहित ११८ जना यात्रु लिएर उडेको लिबियाको अफ्रिकिया विमान कम्पनीको एयरबस ए ३२० अपहरणमा परेको छ। अपहरणपछि जबर्जस्ती मल्टामा अवतरण गराइएको छ।

अफ्रिकिया विमानसेवाको उक्त विमान विमानलाई सैनिकले घेरा हालेका राखेका छन्। उक्त विमानमा १११ जना यात्रु र ७ जना चालकदलका सदस्यहरु रहेका छन्।केही यात्रुहरुलाई बाहिर निस्कन दिइएको छ। त्यसमा महिला र बालबालिका रहेका छन्। विमानबाट निस्कन अनुमति पाउनेको संख्या करिब पचासभन्दा बढी रहेको जनाइएको छ।

एकजना व्यक्तिले आफूसँग ह्याण्ड ग्रिनेड रहेको भन्दै विमानलाई जबरजस्ती अवतरण गर्न लगाएका थिए र नगराए विस्फोट गराइदिने धम्की दिएका थिए। अपहरणकारीले के कस्तो माग राखेका छन् भन्ने बारेमा अझै स्पष्ट भएको छैन। यसैबीच मल्टाको अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ भने त्यहाँ आउने जाने विमानहरुलाई अन्यत्रै मोडिएको छ।

Source: Annapurna Post 
चालकदल सहित यात्रु बोकेको विमान अपहरणमा.... चालकदल सहित यात्रु बोकेको विमान अपहरणमा.... Reviewed by Himalaya Times Express on 1:29 PM Rating: 5

No comments:

Powered by Blogger.