हेर्नुहोस , wrestling कसरी खेलिन्छ ? कसरी शुटिंग हुन्छ जान्नुहोस (भिडियो सहित )

रेसलिङका ५ रहस्य

व्यावसायिक रेसलिङको सबैभन्दा ठुलो खेल आयोजना गर्छ डब्लु डब्लु इ (WWE) ले। यो खेललाई रोमान्स, एक्सन अनि मनोरञ्जनको धमाकेदार मिश्रण मानिन्छ। यो खेल पहिलो पटक हेर्नेलाई भने बिभिन्न संका उत्पन्न हुन्छन् जस्तो कि, खेलमा भएको फाइट साच्चैको होकी स्क्रिप्टेड (पहिल्यै कथा लेखिएको), किन बलवान खेलाडी पनि साना खेलाडीसंग हार्छन्, चोटलागेपछि बग्ने रगत साच्चैको हो की हैन? आदी आदी…

खेल साच्चैको हुन्छ कि पहिल्यै तय भएको हुन्छ?

WWE संग खेल कसरी खेल्ने भनि फाइटको स्क्रिप्ट लेख्नकै लागि टन्नै लेखक छन्। कसले जित्छ, कसले हार्छ, अझ कसले के के गर्ने भन्ने नै सबै पहिल्यै तय हुन्छ। फिल्मको झै कहानी पहिल्यै बनेको हुन्छ। फरक यति छ, फिल्ममा सुटिङ गर्दा गल्ति भए रि-टेक लिन मिल्छ तर रेसलिङमा भने तय गरिएको कथामा गल्ति भएमा फेरी खेल्छु भन्न मिल्दैन।

साच्चैका शक्तिशाली हुन्छन् खेलाडी?

खेलाडीहरुले शक्ति वृद्धकोलागि स्टेरोइड नामक ड्रग्स प्रयोग गर्ने गरेका खबर पनि पटक पटक आइरहन्छन्। WWE ले यसरी ड्रग्स प्रयोग नहोस् भन्नको लागि विभिन्न नियमहरु बनाएपनि खेलाडीहरुले शक्तिवृद्धिको लागि स्टेरोइड भने प्रयोग भइरहेकै पाइन्छ।

हार्नेलाई धेरै पैसा?

खेल कसरी खेल्ने पहिल्यै तय गरिएको हुन्छ। रेसलरको पैसा पनि कथा अनुसार नै पहिल्यै तय गरिएको हुन्छ। खेलाडीको चर्चा अनुसार उसको पैसा तय गरिएको हुन्छ। कहिले काही हार्ने खेलाडीले पनि धेरै पैसा भने पाउन सक्छ।

रगत र चोट साच्चैको हुन्छ?

WWE को स्क्रिप्ट नै बनेको भएपनि, कुनै खेलमा भने खेलाडीहरुलाई ठुलै चोटपटक पनि लागेको घटना छ। धेरै जस्तो अवस्थामा भने चोट र रगत साच्चैको नै हुन्छ। कुनै बेला ब्लड क्याप्सुल प्रयोग गरिन्छ।

WWE को मालिक को हो?

WWE का कार्यक्रम तथा खेलहरुमा विंस म्याकमहोनलाई WWE को मालिकको रुपमा प्रस्तुत गरिन्छ। म्याकमहोन कम्पनीका सीइवो हुन। तर यो कम्पनीमा उनको ५२ प्रतिशत मात्र सेयर छ र बाँकी सेयर भने सर्वसाधरणकै छ। Source:https://www.facebook.com/fastcyberkathmandunepal/photos/pcb.740800089363295/740799296030041/?type=3
हेर्नुहोस , wrestling कसरी खेलिन्छ ? कसरी शुटिंग हुन्छ जान्नुहोस (भिडियो सहित ) हेर्नुहोस , wrestling कसरी खेलिन्छ ? कसरी शुटिंग हुन्छ  जान्नुहोस (भिडियो सहित ) Reviewed by Unknown on 6:46 AM Rating: 5

No comments:

Powered by Blogger.