इटालीमा लगनगाँठो कस्यो अनुस्का र विराटले

नयाँ दिल्ली- भारतीय क्रिकेट टोलीका कप्तान विारट कोह्ली र बलिउड अभिनेत्री अनुस्का शर्मा वैवािहक बन्धनमा बाँधिएका छन्। उनीहरुले आज इटालीको फ्लेरेन्स सहरमा विवाह गरेका थिए। विवाह समारोहमा परिवार र आफन्तहरुको सहभागिता रहेको थियो।

'आजका दिनदेखि हामीले सदाका लागि एकअर्कामा बाँधिने निर्णय गर्‍यौं। यो कुरा तपाइँहरुसँग साट्न पाउँदा हर्षित भएको छ,' उनले ट्विटरमा उल्लेख गरेका छन्।

यी जोडीले आफन्तका लागि दिल्लीमा डिसेम्बर २१ र क्रिकेटर्स र बलिउड उद्योगका ब्यक्तिहरुको लागि डिसेम्बर २६ मा रिसेप्सन पार्टी राखेका छन्।

समाचार स्रोत: नागरिक न्युज (Nagarik News) 
इटालीमा लगनगाँठो कस्यो अनुस्का र विराटले इटालीमा लगनगाँठो कस्यो अनुस्का र विराटले Reviewed by DailyNEWS Updates on 8:56 AM Rating: 5

No comments:

Powered by Blogger.