आजको राशिफल: वि.सं. २०७४ साल मंसिर १४ गते। बिहीबार। (30 November 2017)

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्नेछ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। छर–छिमेकमा असमझदारी बढ्न सक्छ। तापनि, मध्याह्नदेखि पारिवारिक जमघटले आनन्द दिलाउनेछ। सहयोगीहरूले काममा उत्साह जगाउनेछन्। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आँटेको काममा अरूको मुख ताक्नाले पछि परिनेछ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ। आम्दानीमा बाधा हुनेछ भने सञ्चित रकम खर्चनुपर्ने आवश्यकता पर्न सक्छ। मिहिनेतको फाइदा अरूले उठाउने चेष्टा गर्न सक्छन्। पछिका लागि गरिएको लगानीले भने फाइदा दिनेछ। 
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अवसर आए पनि काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्। आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ। दिउँसोदेखि स्थितिमा केही सुधार आउनेछ। तत्कालका आवश्यकता पूरा हुनेछन्। पछि फाइदा हुने जिम्मेवारी प्राप्त हुन सक्छ। लाभांश भने अरूका लागि खर्च गर्नुपर्ला।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। भाग्यले विभिन्न अवसर जुराउनेछ। काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। पदीय जिम्मेवारी प्राप्त हुने सम्भावना छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। मध्याह्नदेखि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण काम बन्नेछ। कीर्तिमानी हात पार्ने समय छ।

सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अरूका लागि समय खर्चनुपर्ला। परिस्थितिले अप्ठ्यारा चुनौतीहरू निम्त्याए पनि दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। अरूको काममा जुट्नुपरे पनि पछिलाई फाइदै हुनेछ। फाइदाका लागि काम भने दोहोर्याउनुपर्ला। 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
काम अधुरै रहे पनि विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त होला। परिवारजनको साथले उत्साह जगाउनेछ। दिउँसोदेखि सानोतिनो समस्याले अल्झाउन सक्छ। स्वास्थ्य प्रतिकूल रहनेछ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। साझेदार तथा आफन्तसँग असमझदारी बढ्न सक्छ। रमाइलो क्षणमा समेत व्यावहारिक समस्याले पछ्याइरहन सक्छ। वादविवादबाट जोगिँदै समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला। बुद्धिको उपयोगले अप्ठ्यारा परिस्थितिलाई समेत सुल्झाउन सकिनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ। दिउँसोदेखि प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा फाइदा हुनेछ। कृषि तथा पशुधनले फाइदा दिलाउनेछ। मध्याह्नदेखि मिहिनेतले अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। ईर्ष्यालु मन भएकाहरूले सताउन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। दिउँसोदेखि पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। अरूको व्यवहारले शंका उब्जाए पनि आमाको माध्यमबाट फाइदा हुनेछ। साइनो गाँस्नेहरूबाट सजग रहनुहोला।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
वचन पुर्याउन नसक्ता आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ। सामान्य कामलाई पनि निकै मिहिनेत पर्नेछ। तापनि मिहिनेतले अवसर दिलाउन सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला। प्रक्रियाका लागि काम दोहोर्याउनुपर्ने हुन सक्छ। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन्। 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
परिस्थिति अनुकूल रहे पनि जीवनशैली व्यस्त रहला। नजिकका सहयोगीहरूले हात झिक्नाले केही समस्या देखा पर्न सक्छ। तापनि मिहिनेत गर्दा फाइदा हुने काम प्रारम्भ हुनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। दिउँसोदेखि बोलीको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ।

स्रोत: (नेपाली पात्रो) Nepali Patro 
आजको राशिफल: वि.सं. २०७४ साल मंसिर १४ गते। बिहीबार। (30 November 2017) आजको राशिफल: वि.सं. २०७४ साल मंसिर १४ गते। बिहीबार। (30 November 2017) Reviewed by DailyNEWS Updates on 9:46 PM Rating: 5

No comments:

Powered by Blogger.