धादिङमा नगरपालिका र गाउँपालिकामा कार्यकारी अधिकृत तोकिए, आजैबाट कार्यलय र काम सुरु


सरकारको निर्णय अनुसार धादिङ जिल्लामा स्थानीय तह कार्यन्वयनमा आएको छ । सोमबारबाट जिल्ला विकास समिति, जिल्ला समन्वय समितिमा रुपान्तरित भएको छ । सरकारले शुक्रबारबाटै स्थानीय निकाय भंग गरेर तह कार्यान्वयनमा ल्याए पनि २ दिन लगातार बिदा परेकाले सोमबारबाट काम थालिएको हो ।
धादिङ जिल्लामा २ नगरपालिका र ११ वटा गाउँपालिका बनाएको छ । यी नगरपालिका र गाउँपालिकाहरुमा निमिक्त कार्यकारीहरु पनि तोकिएको छ । सोमबार आयोजित कार्यक्रममा नेपाल सरकारले स्थानीय तहको शासन संचालन सम्बन्धमा जारी गरिएको आदेश, २०७३ को दफा १४ अनुसार स्थानीय विकास अधिकारी जीवलाल भुसालले नगरपालिका तथा गाउँपालिकाहरुको कार्यकारी अधिकृत तोकेका हुन् ।
स्थानीय तहले अब प्रशासनिक कामका साथै व्यवस्थापकीय र न्यायपालिका समेतको काम गर्ने अधिकार पाएका छन् । सबैखाले कागजात तत्काल परिवर्तन सम्भव नभए पनि कार्यालयको बोर्ड राख्ने र नियमित काम सञ्चालन लगायतका कार्यहरु गरिएका छन् ।
धादिङमा नीलकण्ठ नगरपालिकामा देवराज चौलागाई र धुनीबेसी नगरपालिकामा खेमराज खत्रीलाई निमिक्त कार्यकारीको रुपमा तोकिएको छ । त्यस्तै खनियावास गाउँपालिकामा दुर्गा बहादुर शाही, गजुरी गाउँपालिकामा मनचन्द्र धरला, गल्छी गाउँपालिका लक्ष्मण भट्टराई, गंगाजमूना गाउँपालिकामा ठाकुर प्रसाद सिंखडा, ज्वालामुखी गाउँपालिकामा गिरीप्रसाद विष्ट, थाक्रे गाउँपालिकामा सुरेनकुमार श्रेष्ठ, नेत्रावती गाउँपालिकामा भुवल विश्वकर्मा, बेनीघाट रोराङ गाउँपालिका चुडामणी पुरी, रुवीभ्याली गाउँपालिका इन्द्रप्रसाद काफ्ले, सिद्धलेक गाउँपालिका सुर्यप्रसाद देवकोटा, त्रिपुरासुन्दरी गाउँपालिका नारायण कुमार श्रेष्ठले जिम्मा सम्हाल्नेछन् ।वडा कार्यलयमा खटिने कर्मचारी र सचिव कार्यकारीले तोक्नेछन् ।
आजैबाट गाउँपालिकाहरु तोकिएको केन्द्रहरुबाट कार्यालय स्थापना गरी काम शुरु गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी भोला गौतमले जानकारी दिए ।

धादिङमा नगरपालिका र गाउँपालिकामा कार्यकारी अधिकृत तोकिए, आजैबाट कार्यलय र काम सुरु धादिङमा नगरपालिका र गाउँपालिकामा कार्यकारी अधिकृत तोकिए, आजैबाट कार्यलय र काम सुरु Reviewed by Unknown on 7:13 AM Rating: 5

No comments:

Powered by Blogger.