यम बुद्धको शव आज नेपाल ल्याइयो, अन्तिम श्रद्धाञ्जलीको लागि प्रज्ञा प्रतिष्ठानमा

काठमाडौं– चर्चित र्‍यापर यम बुद्धको शव नेपाल ल्याइएको छ। अपरान्ह ३: ४१ मा इत्तेहाद एयरलाइन्सबाट उनको पार्थिक शरीर काठमाडौं ल्याइएको हो।

राजधानी ल्याइएको उनको शव अन्तिम श्रद्धाञ्जलिको लागि प्रज्ञा प्रतिष्ठान कमलादीमा राखिएको छ। गत माघ १ मा लन्डनस्थित घरको बाथरुममा झुणडिएर आत्महत्या गरेका उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ।

नयाँ एल्बम ‘खतरा’ सार्वजनिक गर्ने तर्खरमा रहेका २९ वर्षीय यम बुद्धले पश्चिमेली देशमा लोकप्रिय अन्डरग्राउन्ड र्‍यापलाई सर्वप्रथम नेपालमा भित्र्याएपछि 'नेपहप' युवामाझ लोकप्रिय बन्दै गएको छ। सन् २०१३ मा विवाह गरेका उनको एकादेश, पागलपन, कोही, आमा, र यो प्रशंसा लगायत गीत चर्चित छन्।

Source: Nagarik News 
यम बुद्धको शव आज नेपाल ल्याइयो, अन्तिम श्रद्धाञ्जलीको लागि प्रज्ञा प्रतिष्ठानमा यम बुद्धको शव आज नेपाल ल्याइयो, अन्तिम श्रद्धाञ्जलीको लागि प्रज्ञा प्रतिष्ठानमा Reviewed by Himalaya Times Express on 5:14 AM Rating: 5

No comments:

Powered by Blogger.